मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

   २६ कार्तिक २०७९, शनिबार १४:४०  

२६ काक्तिक, सर्लाही । मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीको ईश्वरपुरमा एक जनाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका ९ खोरिया टोलमा नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा चन्द्रनगर गाउँपालिका ६ घर भएका विजय मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चन्द्रनगरको नाढिमौतर्फ जाने क्रममा मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई स्थानीयले उद्धार गरी उपचारको लागि सिद्धिविनायक अस्पतालमा पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा मोटरसाइकल चलाएको कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।