कालोबजारी गर्ने दुई जना औषधि व्यवसायी पक्राउ
५ माघ, रौतहट । हेटौंडाबाट आज दुई जना औषधि व्यवसायी पक्राउ परेका छन् ।
मास्क कालोबजारी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका १ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डेलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचना र जनगुनासोका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार दुवै जनालाई नियन्त्रणमा लिइको छ ।
अत्यधिक मूल्यमा मास्क बिक्री गरेको कारण औषधि पसलका सञ्चालक पाण्डेलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
पक्राउ परेका दुवै जनामाथि कालोबजारी ऐनअन्तर्गत कारबाही हुने जिल्ला प्रहरी कार्यालयले हेटौँडाले जनाएको छ ।






