बाराको अमलेखगञ्जमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
२० असोज, बारा । बाराको अमलेखगञ्जमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
नारायणगढबाट पथलैया हुँदै वीरगञ्ज जाँदै गरेको बा०६-००१ ख-०११० नम्बरको बस आज बिहान १०:३० बजेतिर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएका २५ जनामध्ये १४ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर ज्यान गुमाउनेहरुमा ८ पुरुष र ६ महिला रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १२ जनाको हेटौँडा अस्पतालमै मृत्यु भएको छ भने चुरेहिल अस्पताल र मकवानपुर अस्पतालमा एक(एक जनाको मृत्यु भएको छ ।






