मलको चरम हाहाकार

   ९ पुष २०७८, शुक्रबार १३:१५  

९ पौष, रौतहट । उर्वर भूमी भएर पनि कृषकलाई चाहिने अत्यावश्यक सामग्रीहरुको अभावका बारेमा सरकारले कुनै वास्ता नगर्दा रौतहटका किसान पीडित बनेका छन ।

तराई मधेशको भूभागलाई खाद्यान्नको भण्डार भनिए पनि किसानलाई आवश्यक पर्ने विउविजन तथा मल कहिल्यै समयमा पाउदैनन । प्रदेश २ का सबै जिल्लामा अहिले गहुँ खेती गर्ने किसानको समस्या समान छ । गहुँ रोप्ने बेला उन्नत जातको वीउ र गहुँका लागी आवश्यक पर्ने डिएपी मलको अहिले चरम अभाव रहेको छ ।

खेतमा गहुँबालि लगाएका किसानले मलखाद नपाए पछि कृषि सामग्रीकै अभावमा यस वर्ष उत्पादन घटने निश्चित रहेको छ । रौतहटका बजारहरुमा डिएपी मलको अभाव भएको र भारतीय सिमाक्षेत्रबाट ल्याउदा समेत कानूनी झन्झटको सामना गर्नु परेको किसानको दुखेसो छ । नेपाली बजारमा नपाइने र भारतबाट समेत ल्याउन नदिए पछि किसान मारमा परेका छन ।

“मलखाद आफै किनेर खेती गर्छौ भन्दा पनि सरकारले उपलब्ध गराउदैन ।” कृषक जगन्नाथ साह भन्छन “कुन मौसममा खेतमा किसानलाई कुन मल चाहिन्छ भन्ने थाहा नहुने प्रदेश र केन्द्रीय दुवै सरकार निकम्मा छ ।” पैसा तिरेर किन्छु भन्दा पनि बजारमा मल नपाए पछि उनी आक्रोशित छन ।

किसानले माँग गरे बमोजिमको मलखाद नेपाल सरकारले उपलब्ध गराउन सकेको छैन । वर्षेनी मलखादको समस्याबाट भोग्नु परेका किसानले खेती गर्न सास्ती खेप्नु परेको छ । सरकारले किसानका समस्याहरुको बारेमा ध्यान नदिदा दिनप्रतिदिन खाद्यान्न आपूर्तिको दर बढदै गएको तथा तराई मधेशका जग्गाहरुको उर्वराशक्ति तथा उत्पादनमा ह्रास आउन थालेको कृषकहरुले बताए ।

मलखादको माँग र आपूर्तीमा छैन तालमेल

अहिले डिएपी मल उपलब्ध हुन नसक्दा १० बोरा लागत हुने किसानले २ बोरा मुस्कीलले पाउने गरेको कटहरीया नगरपालिकाका किसानहरुले बताए । किसानहरुले माँग बमोजिम मल पाउन नसकेको स्थानिय डिलर आश महम्दले बताए ।

“मलखाद आफै किनेर खेती गर्छौ भन्दा पनि सरकारले उपलब्ध गराउदैन ।” कृषक जगन्नाथ साह भन्छन “कुन मौसममा खेतमा किसानलाई कुन मल चाहिन्छ भन्ने थाहा नहुने प्रदेश र केन्द्रीय दुवै सरकार निकम्मा छ ।” पैसा तिरेर किन्छु भन्दा पनि बजारमा मल नपाए पछि उनी आक्रोशित छन ।

कृषकको आवश्यक्ता अनुसार मल उपलब्ध गराउन नसक्दा किसानले भारतबाट समेत आफैले लुकिछिपी मल ल्याउने गरेका छन । भारतमा पनि किसानका लागी अनुदानमा आएको मलनै केहीले विक्रि वितरण गर्ने गरेको र उनीहरुबाट नै नेपाली किसानहरुले समेत खरिद गर्ने गरेका छन ।

किसानका नाममा व्यपारीले तस्करी गरेर ल्याउने गरेको र उनीहरुले व्यापार गर्ने भएको भन्दै सिमामा खटिएका सशस्त्र प्रहरी बलले नाकामा मलखादमा कडाई गर्ने गरेका छन ।

खाद्यान्नमा बढदो परनिर्भरता

केही दशक अघि धान निर्यातको इतिहास बोकेको नोपलले हाल हरेक वर्ष विदेशबाट वार्षिक ३० अरब भन्दा बढी रुपैयाँको धान आयात गर्ने गर्दछ । स्वदेशी माटोमा प्रयाप्त परिमाणमा उत्पादन नभई धान चामल र गहुँमा परनिर्भरता हुनुमा बढ्दो जनसख्या बृद्धिको तुलनामा धान उत्पादनको बृद्धि दर कम हुनु, खेतीयोग्य जमिन खण्डिकरण तथा घडेरिकरण, मलखाद तथा श्रम शक्तिको अभाव, सिचाई, भण्डारण तथा बजार पूर्वाधार प्रयाप्त नुहुनुआदि प्रमुख कारणहरु छन ।

यसका साथै गुणस्तरीय बीउको अभाव तथा नयाँ र उच्च उत्पादन दिने जात भन्दा पुरानै जातका गहुँ, धानका बिउहरु किसानलाई उपलब्ध गराइनु, बीउ तथा जात फेर्ने परिपाटिको विकास नहुनु, मसिना तथा वासनादार चामलको उपयोगमा वृद्धि तथा खाद्यान्न बालीको उपयोगमा विविधिकरण नुहुनु, आयातीत धानको गुणस्तर र मूल्यमा स्वदेशी धानले प्रतिस्पर्धा गर्न नसक्नु आदि कारणबाट नेपालमा गहुँ÷चामल माथिको परनिर्भरता दिनानुदिन वढ्दो छ ।

रौतहट जिल्लामा ६५ हजार ९६९ हेक्टर कुल खेती योग्य जग्गा रहेको जसमा ४० हजार ६२५ हेक्टर जग्गामा धान खेती गर्ने गरिन्छ भने बाँकीमा अन्य खेती किसानहरुले गर्छन । मौसमको प्रतिकुलता, समयमा मलखाद्य उपलब्ध नहुनु र विभिन्न किराहरुको प्रकोपका कारण रोग लागि दाना नलाग्नाले उत्पादनमा धेरै ह्रास आउने गर्छ ।

सरकारले मल ल्याउन आवश्यक तयारी गरे पनि आपूर्तिकर्ता कम्पनीले मल नल्याएको र बाहिरी मुलुकमा पनि मलको मूल्य वृद्धि भएकाले अहिले नेपालमा मल अभाव भएको कृषि मन्त्रालयको तर्क छ ।