प्रदेश क्रिकेट टोलिमा रौतहटका दुई खेलाडी

   २६ मंसिर २०७८, आईतवार १३:२९  

२६ मंसिर, रौतहट । प्रधानमन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर क्रिकेट प्रतियोगिताको लागी प्रदेश २ को खेलाडी छनौट सम्पन्न भएको छ ।

प्रदेश २ क्रिकेट संघले आज खेलाडीहरुको सूचि जारी गरेको हो । प्रदेश क्रिकेट संघले जारी गरेको सूचिमा पहिलो पटक रौतहटका दुई खेलाडीले समेत स्थान बनाएका छन ।

प्रदेशको महिला क्रिकेट टिममा सरस्वती चौधरी, अलिशा यादव, श्रृजना चौधरी, अनुराधा चौधरी, प्रियंका गुप्ता, मोनिका साह, मधु राउत, सन्तोषि चौधरी, मेलिना रायमाझी, आरती चौधरी, गोमा आले, विमला मगर, प्रतिमा साह, रोजि कडारी, मिना महतो, साना प्रविण, पुष्पा फुयाल, सिवानी साह र शोभा आले रहेकी छिन ।

रौतहटबाट पहिलो पटक सहभागी भएकी गौर २ कि मधु राउत र गौर ३ कि मोनिका साहले बाराबाट प्रतियोगिता खेलेकि थिइन । रौतहटको आफ्नो टिम सहभागी नभएकोले उनीहरुले बाराबाट खेलेका थिए । प्रतियोगितामा मधुले उत्कृष्ट बलिङ्ग र फिल्डीङ्गको प्रर्दशन गरेकी थिइन । उनले दोश्रो खेलमा एकै ओभरमा सर्लाहीका दुई खेलाडीलाई बोल्ड आउट गर्दै पेवेलियन फर्काएकी थिइन ।

यसै गरी मोनिकाले सप्तरी विरुद्धको खेलमा बारा टिमको लागी दुई विकेट लिएकी थिइन । जिल्ला बाहिरको प्रतियोगितामा पहिलो पटक सहभागी भएका खेलाडीहरु प्रदेश २ को टिमका लागी छनौट भएकोमा जिल्ला क्रिकेट संघले खुशी व्यक्त गरेको छ । क्रिकेट संघ रौतहटका अध्यक्ष पवन साहले दुवै खेलाडीले रौतहटको नाम राखेकोमा बधाइ दिएका छन ।

सप्तरीको राजविराजमा भएको छनौट प्रतियोगिताबाट प्रदेश २ का लागी छानिएका खेलाडीहरुको “क्लोज क्याम्प” यहि मंसिर २८ गते देखी शुरु हुने क्रिकेट संघ प्रदेश २ ले जनाएको छ ।