सुनको मुल्य ५०० ले बढ्यो
द नेपाल मिडिया
२२ मंसिर २०७८, बुधबार १२:०६
२२ मंसिर,रौतहट । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुन प्रतितोला ५०० रुपैयाँ बढेको हो ।
छापावाला सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, प्रतितोला १० रुपैयाँ बढेर चाँदीको मूल्य एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।






