सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   २९ कार्तिक २०७८, सोमबार १३:१२  

२९ कात्तिक, रौतहट । नेपाली बजारमा साताको दोस्रो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ प्रतितोलामा ३ सय रुपैयाँ घटेर ९४ हजार ३०० रुपैयाँ तोलामा तोकिएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार हिजो तेजाबी सुनको कारोबार ९४ हजार १०० रुपैयाँमा भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदीको कारोबार तोलामा १ हजार २ सय ८० रुपैयाँमा भइरहेको छ । यसअघि आइतबार चाँदीको भाउ प्रतितोलामा १ हजार २ सय ९५ रुपैयाँ कायम भएको थियो ।