मोरङबाट ९४ तोला चाँदीसहित युवक पक्राउ
१० कात्तिक, रौतहट । मोरङबाट ९४ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिल नभएका कारण उक्त चाँदीसहित रतुवामाई नगरपालिका ३ छालगाछी बस्ने ३० वर्षीय धर्बेन्द्र शर्मालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी महादेवाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ९४ तोला चाँदीको तार बनाई ल्याएको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।
बरामद भएको चाँदीसहित शर्मालाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी विराटनगर पठाएको प्रहरीले जनाएको छ ।






