साताको पहिलो दिन सुन-चाँदीको मूल्य वृद्धि
७ कात्तिक, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ वृद्धि भई आज छापावाल सुनको कारोबार प्रतितोलामा ९२ हजार १ सय रुपैयााँमा भइरहेको छ । यसअघि शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा छापावाल सुनको बिक्री भएको थियो ।
यस्तै, आइतबार तेजावी सुनको भाउ तोलामा ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोलामा १ हजार २ सय ६० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।






