नेपाली सेनाले सशस्त्र प्रहरीलाई दियो ६ सय वटा राइफल

   १४ श्रावण २०७७, बुधबार १३:१३  

साउन १४, रौतहट । नेपाली सेनाले ६ सय वटा इन्सास राइफल सशस्त्र प्रहरी बललाई दिएको छ ।

सेनाका क्षमता अभिवृद्धिका लागि सहयोग स्वरुप ती हतियार दिइएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए । सशस्त्र प्रहरीले ती राइफल सीमामा खटिएका सुरक्षाकर्मीलाई दिनेछ ।

नेपाली सेनाले अमेरिकाबाट १० हजार वटा अत्याधुनिक राइफल खरिद गर्दैछ ।