विश्वभर कोरोनाबाट मृत्यु हुनको संख्या साढे ६ लाख नाघे

   १३ श्रावण २०७७, मंगलवार १३:०८  

साउन १३, रौतहट । कोरोना भाईरस (कोभिड १९)का माहामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ६ लाख ५० हजार नाघेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण ६ लाख ५३ हजार ३५३ जनाको मृत्यु भएको छ । कोरोना भाईरसका कारण सबैभन्दा धेरै मानिसहरुको मृत्यु अमेरिकामा भएकोे छ ।

अहिलेसम्म यो माहामारीका कारण अमेरिकामा एक लाख ४८ हजारभन्दा धेरै मानिसहरुको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा पनि कोरोनाभाईरसबाट ज्यान गुमाउनेहरुको संख्या ८७ हजारभन्दा बढीे पुगेको छ । बेलायतमा पनि अहिलेसम्म ४५ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या पनि एक करोड ६४ लाख नाघिसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ४२ लाख ९० हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन, भने ब्राजिलमा पनि २४ लाख ४२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन । भारतमा पनि १४ लाख ८५ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन ।

त्यस्तै, अहिलेसम्म विश्वभर कोरोना भाइरसका ९५ लाख ३१ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन ।