कुस्ती खेलाडी हत्या प्रकरण
२९ साउन, रौतहट । कुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्या आरोपका एक अभियुक्त १० वर्ष पछि पक्राउ परेपछि पीडित परिवारजनमा न्याय प्रति थोरै आशा पलाएको छ ।
२०६८ असार २३ गते गौरको जिल्ला अदालत नजिकैको सडकमा कुस्ती खेलाडी प्रेमपुर गोनाही १ का ५० वर्षीय उपेन्द्र दास बैरागीको गोली हानी हत्या भएको थियो । घटनाको १० वर्ष पछि प्रेमपुर गोनाही गा.वि.स. वडा नं. ३ हाल देवाही गोनाही नगरपालिका वडा नं. ७ बस्ने जगदेव हजराको छोरा सोनफी पासवान भन्ने सोनफी हजरालाई गौर ५ बाट प्रहरीले पक्राउ गरेको छ ।

खेलाडी यादवलाई गोली हानी कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्धमा मृतककी श्रीमती राम कुमारी देवीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सोनफी पासवान समेत भएको कर्यव्य ज्यान मुद्धामा वारदात पश्चात परार रहेका हजरालाई पक्राउ परे पछि सो घटनाको सुक्ष्म अनुसन्धान हुनु पर्ने परिवारजनको माँग रहेको छ । निकै लामो समयसम्म न्यायका लागी पर्खिएका मृतक खेलाडीको परिवारजनले यस घटनाका दोषीहरुलाई कानून बमोजिम हदै सम्मको सजायका लागी आवाज उठाईदिन सबैमा अनुरोध समेत गरेका छन ।

किन र कसको आदेशमा उनलाई मारे त्यसको जवाफ चाहन्छौं : राम कुमारी देवी

खेलाडी बैरागी मारिए पछि न्यायका लागी अनेकौं व्यक्तिहरुलाई अनुरोध गरे पनि आवश्यक सहयोग नपाएको पीडाले मन पोलेको मृतककी श्रीमती राम कुमारी देवीले बताइन । सरकारले दिने भनेको क्षतिपूर्ति र सहिद घोषणा नहुदा आफूले भोगको दुःखको कुनै हिसाब नभएको उनले बताइन ।
घटनाका अभियुक्त पक्राउ परे पछि हजराबाट प्रहरीले धेरै कुरा निकाल्न सक्ने भएकोले अनुसन्धान प्रक्रियालाई नयाँ तरिकाले पुनः तिव्र बनाएर हत्याराहरु पता लगाएर पक्राउ गर्नु पर्ने राम कुमारीले बताइन । “दश वर्ष बित्यो, अब अझै कति दिन न्यायको लागी कुर्ने ?” उनले भनिन “गोलि हान्नेहरुले किन र कसको आदेशमा उनलाई मारे त्यसको जवाफ चाहन्छौं ।”
तत्कलानि प्रहरीले २०६८ साउनमा नै अनुसन्धान पुरा भएको भन्दै मुद्दा अदालतमा बुझाएको र अदालतले दिएको आदेश अनुसारनै कर्तव्य ज्यान मुद्दामा फरार हजारालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अदालतको आदेश कार्यान्वयनको क्रममा हजरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मुद्दा अदालतमा बुझाइ सकेको र अदालतले पनि आदेश गरिसकेकोले अब अहिले परिवारजनले भने जस्तो पुनः अनुसन्धान प्रक्रिया शुरु गर्ने अवश्था तत्काल नहुने प्रहरीले जनाएको छ ।
प्रहरीले भने जस्तै यदि अदालतको आदेश कार्यान्वयनको लागी मात्रै हजारा पक्राउ परेका हुन भने उनलाई कारागार पठाएर मुद्दाको आदेश पालना हुनेछ । परिवारजनले भने जस्तो घटनाको पुनः अनुसन्धान भएर थप कसुरदारहरु पक्राउ पर्ने सम्भावना रहदैन ।
आठौं साफ खेलकुदमा कुस्तीमा देशका लागी पदक जितेका उपेन्द्र दास बैरागीले गोरखादक्षिणवाहु सहित थुप्रै पदक र सम्मान पाए तर हत्या पश्चात तिनै खेलाडीको परिवारजनले न्याय भने पाउन नसक्दा परिवारजन पीडा छन ।






