तोलामा कति पुग्यो सुचाँदीको मूल्य
द नेपाल मिडिया
२७ श्रावण २०७८, बुधबार ११:३०
२७ साउन, रौतहट । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ प्रतितोलामा ४ सय रुपैयाँले घटदैँ बुधबार ८८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, महासंघका अनुसार तेजाबी सुनको मूल्य समेत घटेर बुधबार प्रतितोलामा ८८ हजार ३ सय ५० रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, आज चाँदीको कारोबार तोलामा १ हजार २ सय ५ रुपैयाँमा भइरहेको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोलामा १ हजार २ सय २० रुपैयाँ कायम भएको थियो ।






