नो भ्याक्सीन नो इक्जाम भन्दै विद्यार्थीको प्रदर्शन
२६ साउन, रौतहट । कोरोना खोप उपलब्ध नभसम्म परीक्षा नदिने भन्दै विद्यार्थीहरुले काठमाडौँको बागबजारस्थित प्रदर्शन गरेका छन् ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको बेला परीक्षा सञ्चालन गरिएको भन्दैँ मंगलबार काठमाडौँको बागबजारस्थीत पद्मकन्या क्याम्पसमा परीक्षा केन्द्र परेका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
परीक्षा केन्द्रमा भौतिक दूरी कायम हुन नसक्ने र अनिवार्य रुपमा कोरोनाविरुद्धको खोप उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गर्दै उनीहरूले नो भ्याक्सीन नो इक्जाम भन्दै नारावाजी गरेका थिए ।
कोरोना भाइरस (कोभिड १९)को संक्रमणको जोखिम रहेको भन्दैँ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेपनि त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौँ ५ गते सम्मको परीक्षालाई सञ्चालन गरेको छ ।






