१५ क्वीन्टल चिनीसहित कञ्चनपुरबाट एक जना पक्राउ
२६ साउन, रौतहट । कञ्चनपुरबाट १५ क्वीन्टल चिनीसहित जीप र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अवैध रुपमा भारतबाट ल्याएको १५ क्वीन्टल चिनीसहित से १ च २२०० नम्बरको जीपलाई पूर्वपश्चिम राजमार्गस्थित कृष्णपुर नगरपालिका–५ गुलरियामा पश्चिमतर्फ जादै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए ।
बरामद गरिएको चिनीको मूल्य १ लाख २० हजार रुपैयाँ बराबर रहेको न्यौपानेले जनाए ।
चिनी बोकेको जीपसहित चालकलाई आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा पठाइएको प्रहरलिे जनाएको छ ।






