सुनको सिक्री लुटपाट गरेको आरोपमा एक जना पक्राउ
२५ साउन, रौतहट । सुनको सिक्रि लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
गोकर्णेश्वर आरुवारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका २ तातोपानि घर भएका २२ वर्षीय अन्जित सुवेदीलाई बूढानिलकण्ड नगरपालिका १० बाट सुनको सिक्रि लुटपाट गरी भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतले लगाएको करिब २ तोलाको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीय मानिसहरुको सहयोगमा निजलाई पक्राउ गरिएको छ । सानुले आफू बस्ने घरको गेट बन्द गर्ने क्रममा घाँटीबाट सिक्री तानेर भाग्दै गरेको अवस्थामा अन्जितलाई पक्राउ गरेको हो ।
पक्राउ परेका निजमाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






