पर्साबाट दुई किलो चाँदीका गहनासहित एक युवक पक्राउ

   २५ श्रावण २०७८, सोमबार ११:४१  

२५ साउन, रौतहट । पर्साबाट दुई किलो चाँदीको गहनासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको जगन्नाथपुर गाउँपालिका वडा नम्बर २ बस्ने १९ वर्षीय सोनुकुमार सोनारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले बाटोमा हिँडिरहेको सानारलाई शंकास्पद अवस्थामा रोकी चेक जाँच गने क्रममा १ किलो ९७० ग्राम चाँदीको गहनासहित निजलाई हिरासतमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

गहनासहित पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।