सुनचाँदीको मूल्यमा गिरावट

   २४ श्रावण २०७८, आईतवार ११:४९  

२४ साउन, रौतहट । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा १५ सय रुपैयाँले गिरावट आएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंका अनुसार शुक्रबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको तोलामा १५ सय रुपैयाँले घटदैँ आज प्रतितोलामा ९० हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुनको भाउ आइतबार तोलामा ८९ हजार ५ सय ५० रुपैयाँमा झरेको छ । यसअघि शुक्रबार प्रतितोलामा ९१ हजार रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटदैँ प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा काराबोर भइरहेको छ । महासंका अनुसार तोलामा शुक्रबार १ हजार २ सय ६५ रुपैयाँ चाँदीको कारोबार भएको थियो ।