कोरोनाका कारण कक्षा १२ को परीक्षा स्थगित

   २३ श्रावण २०७८, शनिबार १६:३९  

२३ साउन, रौतहट । कक्षा १२ का सबै परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कोरोना संक्रमणको जोखिम रहेको भन्दैँ कक्षा १२ को परीक्षा स्थगित गरिएको छ ।

अर्का सूचना नआएसम्म साउन ३१ गतेदेखि सञ्चालन हुने कक्षा १२ को सबै परीक्षा विद्यार्थीहरुको जीवन रक्षालाई ध्यानमा राखेर स्थगित गरिएको छ ।

यस्तै, यसअघि साउन २२ गते (शुक्रबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थान समिति सीसीएमसीलाई परीक्षा स्थगितका लागि सिफारिस समेत गरेको थियो ।