एसईईको परीक्षाफल प्रकाशित

   २३ श्रावण २०७८, शनिबार १६:२०  

२३ साउन, रौतहट । एसईईको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा १० को परीक्षाको नतिजा सार्वजानिक गरेको हो ।

आज २०७७ सालको माध्यमि शिक्षा (एसईई)को परीक्षा फल सार्वजानिक भएको छ । यस वर्षपनि कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण आन्तरिक मूल्यांकनको आधारमा नै नतिजा प्रकाशित गरिएको हो ।

सार्वजनिक भएको परीक्षाफल बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा पनि हेर्न सकिनेछ ।

यसअघिको शैक्षिक सत्रमा पनि आन्तिम मूल्यांकनबाट नै एसईईको परीक्षाफल प्रकाशित गरिएको थियो।