एटीएम मेसिन तोडफोड गर्ने व्यक्ति पक्राउ

   २१ श्रावण २०७८, बिहीबार १३:४३  

२१ साउन, रौतहट । एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड गर्ने व्यक्तिलाई प्रहरीले हिरासदमा लिएको छ ।

काठमाडौंको बौद्ध टुसालमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १ भोटेचौर घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ नारायणटार बस्ने ३४ वर्षीय विनोद चौलागाईंलाई पक्राउ गरिएको महानगरीय प्रहरीले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बुधबार गएराति करिब १ः३० बजेतिर एटीएम मेसिन तोडदैँ गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका निजमाथि यसबारे आवश्यक अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।