कुमारी बैंकको एटीएम मेसिन तोडफोड गर्ने दुई जना पक्राउ
१८ साउन, रौतहट । एटीएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
कुमारी बैंक लिमिटेडको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ मंलेरी बस्ने १८ वर्षीय सुवास विक र सोही वडा बस्ने सुन्दर नगर टोलका १८ वर्षीय प्रकाश भुसाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घोराही बजारमा रहेको कुमारी बैंकको एटीएम मेसिन यही साउन १२ गते उनीहरुले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जनाए । रिजालका अनुसार एटिएम तोडेपनि उनीहरुले पैसा झिक्न पाएनन् ।
घटना लगत्तै फरार भएका दुवै जनालाई घोराही उपमहानगरपालिका १५ मा लुकिछिपी बसेको विशेष सूचनाका आधारमा उनीहरुलाई यही साउन १६ गते (शनिबार) पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसबारे उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






