बुद्ध एयरले आज देखि साताको ३ दिन नेपालगञ्जबाट पोखरा उडान गर्ने

   १७ श्रावण २०७८, आईतवार १३:२७  

१७ साउन, रौतहट । बुद्ध एयरले आज देखि नेपालगञ्जबाट पोखरासम्मका उडान सुरु गरेको छ । नेपालगञ्जदेखि पोखराका लागि बुद्ध एयरको १८ सिटे जहाजको उडान आइतबार बिहान १० बजे देखि सुरु गरेको हो ।

आज देखि सुरु गरिएको बुद्ध एयरले साताको ३ दिन मात्रै नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान गर्ने भएको छ । आइतबार, बुधबार र शुक्रबार नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान हुने बुद्ध एयर नेपालगञ्जका स्टेशन म्यानेजर विनित शाहले जानकारी दिए ।

शाहका अनुसार आज नेपालगञ्जदेखि १७ जना यात्रु पोखराका लागि प्रस्थान गरेका छन् ।