सुनको मूल्यमा सामान्य गिरावट
१७ साउन, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोलामा ५ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आइतबार तेजाबी सुनको कारोबार तोलामा ९१ हजार ९ सय रुपैयाँमा भइरहेको महासंघले जानकारी दिए ।
त्यसैगरी, आज सुनको मूल्यमा गिरावट भएपनि, चाँदीको भाउ स्थिर नै रहेको छ । शुक्रबार तोलामा १ हजार २ सय ८५ रुपैयामा कारोबार भएको चाँदीको बिक्री आइतबार पनि सोही भाउमा भइरहेको छ ।






