४२ क्वीन्टल चिनीसहित कञ्चनपुरबाट एक जना पक्राउ

   १४ श्रावण २०७८, बिहीबार १५:१२  

१४ साउन, रौतहट । भन्सार छलेर ल्याएको अवैध चिनीसहित कञ्चनपुरबाट आज एक जना पक्राउ परेका छन् ।

भारतबाट अवैध रुपमा ल्याएको चिनीसहित जिल्लाको भीमदत्त नगरपालिका १ भाँसीबाट प्रहरीले १८ वर्षीय बिक्की गुप्तालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार ४२ क्वीन्टल चिनीसहित गुप्तालाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याएको चिनीको मूल्य करिब २ लाख ७३ हजार बराबर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

बरामद भएको चिनीसहित गुप्तालाई आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।