रौतहटमा वडा अध्यक्ष कोरोना संक्रमित, स्थानियमा त्राश
११ साउन, रौतहट,।
रौतहटको राजदेवि नगरपालिकाका एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टी भएको छ ।
काठमाण्डौ जानका लागी पिसिआर परिक्षण गराएका राजदेवि नगरपालिका वडा अध्यक्षमा संक्रमण देखिए पछि स्थानियमा त्राश उत्पन्न भएको छ । शनिवार करेन्ट लागेर वडाअध्यक्षको श्रीमतीको मृत्यु भए पछि उनको अन्तीम संस्कारमा सहभागी भएका सय भन्दा बढी व्यक्तिहरुलाई तत्काल परिक्षण गर्नुपर्ने आवश्यक्ता रहेको छ ।
करेन्ट लागे पछि श्रीमतीलाई लिएर जिल्ला अस्पताल गौर आएका वडा अध्यक्षको सम्पर्कमा आएका व्यक्तिहरुको पनि पहिचान हुन जरुरी रहेको छ । “वडाअध्यक्षको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टीनमा बस्न भनेका छौं ।” राजदेवि नगरपालिकाका मेयर धिरेन्द्र सिंहले भने “अस्पताल देखी दाहसँस्कार सम्म वडा अध्यक्ष नजिक भएका व्यक्तिहरुको परिक्षणको काम शुरु गराउदैछौं ।” संक्रमित भेटिएका वडा अध्यक्ष मुटु तथा मधुमेहको रोगी समेत भएकोले थप उपचारको लागी काठमाण्डौं पठाउने तयारी भइरहेको मेयर सिंहले बताए । नगरपालिकाकै केही व्यक्तिहरु आजै बाट घरमै क्वारेन्टीनमा बसेको उनले बताए ।
संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको पहिचानको काम र स्वाब संकलनको काम शुरु गराएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । “कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु भएको छ ।” प्रमुख जिल्ला अधिकारी घिमिरेले भने “संक्रमित वडा अध्यक्षलाई आइसोलेसनमा लग्ने तयारी भएको छ । अन्य रोगको कारण पनि उनको स्वास्थ्यमा समस्या रहेकोले काठमाण्डौं पठाइने छ ।”






