सुनचाँदीको मूल्यमा गिरावट

   १० श्रावण २०७८, आईतवार १२:२७  

१० साउन, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ८ गते (शुक्रबार) प्रतितोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन भाउ घटेर आइतबार तोलामा ९२ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजाबी सुनको कारोबार प्रतितोलामा ९१ हजार ५ सय रुपैयाँमा भइरहेको महासंघले जानकारी दिए ।

त्यसैगरी, महासंघका अनुसार आइतबार चाँदीको भाउ तोलामा १० रुपैयाँले घट्दै प्रतितोलामा १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेके छ । यसअघि शुक्रबार चाँदीको कारोबार तोलामा १ हजार २ सय ८० रुपैयाँमा भएको थियो ।