सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको कति

   ७ श्रावण २०७८, बिहीबार १२:२१  

७ साउन, रौतहट । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ घटेर आज प्रतितोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको हो ।

त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ३ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार हिजो तेजाबी सुनको कारोबार प्रतितोलामा ९२ हजार रुपैयाँमा भएको थियो ।

त्यसैगरी, आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य बढेको नै छ । बुधबार तोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोलामा १० रुपैयाँ बढेर १ हजार २ सय ७० रुपैयाँ पुगेको छ ।