कोरोना मापदण्ड पाल्ना गर्दै कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै हुने

   ५ श्रावण २०७८, मंगलवार १५:३७  

५ साउन, रौतहट । कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ ।

कोरोनाका कारण रोकिएको परीक्षा भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालनका लागि अनुमति कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले दिएपछि बोर्डले तयारी थालेको हो ।

कोरोना माहामारीका सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न सीसीएमसीले अनुमति दिएको छ ।