सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   ३ श्रावण २०७८, आईतवार १२:३२  

३ साउन, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ घटेर आज ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, आइतबार तेजावी सुनको मूल्य तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिए ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटदैँ आज प्रतितोलामा १ हजार २ सय ९५ रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार चाँदीको कारोबार १ हजार ३ सय २० रुपैयाँमा भएको थियो ।