बसुन्धाराबाट २ लाख ८० हजार नक्कली नोट बरामद

   २९ असार २०७८, मंगलवार १३:३५  

२९ असार, रौतहट । बसुन्धाराबाट २ लाख ८० हजार नक्कली नोट प्रहरीले बरामद गरेको छ ।

काठमाडौंको टोखा नगरपालिका ५ बसुन्धाराबाट २ लाख ८० हजार नक्कली नोट प्रहरीले सोमबार दिउँसो नै बरामद गरेको थियो ।

नक्कली नोट लिएर अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुनको गहना किन्न बा-६८ प ७११० नम्बरको स्कुटरमा दुई महिला आएकी थिइन् ।

प्रहरीका अनुसार नक्कली नोट लिएर सुनको गहना किन्न आएको खबर प्राप्त हुन साथ महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरी टोली पुग्नु भन्दा पहिलानै ती महिलाहरु नक्कली नोट पसलमा नै छाडी भाग्न सफल भएकी थिइन् । उक्त नक्कली रुपैयाँ प्रहरीले बरामद गरेको हो ।

फरार भएकी दुवै महिलाको खोजी भइरहेको महानगरीय प्रहरीले जनाएको छ ।