रुपन्देहीको सुन्दर ग्लास हाउसमा आगलागी हुँदा करोडौँको क्षति

   २७ असार २०७८, आईतवार ११:०५  

२७ असार, रौतहट । रुपन्देहीमा शनिबार राति एक ग्यास हाउसमा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका ८ भैरहवाका नारायण पथमा रहेको सुन्दर ग्यास हाउसमा हिजो गएराति करिब ९ः१५ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । हिजो रातिनै लागेको आगो आज बिहान करिब ५ बजेतिर नियन्त्रणमा आएको प्रहरीले जानकारी दिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ग्लास हाउसको निकै महङ्गो मुल्य पर्ने फाइवर लगायत सबै जलेर नष्ट भएको छ । रातभर आगो नियन्त्रणका लागि रुपन्देही र छिमेकी जिल्लाको समेत जनशक्ति तथा श्रोत साधन करिब २० भन्दा बढी दमकलको प्रयोग गरियो थियो ।

आगलागीबाट पसलका सबै सामग्रीका र दुई तल्ले घर समेत जलेर नष्ट भएको हो । तामाङका अनुसार आगलागीबाट घर, पसलमा रहेको नगद, सामान, मोटरसाइकल लगायत करिब ५ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।