अभिनेत्री जेनीले गरिन् आम्तहत्या
२५ असार, रौतहट । नायिका जेनी कुँवरले बिहबिार राति आत्महत्या गरेकी छन् ।
काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा हिजो राति नायिका जेनी झुण्डिएर आत्महत्या गरेकी प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाले जानकारी दिए ।
जेनीले डिप्रेशनमा आएर आत्महत्या गरेकी हुन सक्ने लामाले बताए । विगत केही वर्षदेखि उनी डिप्रेशनका शिकार भएकी थिइन् ।
निर्मातासमेत रहेकी कुँवरले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायत फिल्ममा अभिनय गरेकी हुन् ।






