भन्सार छलेर ल्याएको अवैध बिडी बरामद
१४ असार, रौतहट । कञ्चनपुरबाट सशस्त्र प्रहरीले अवैध बिडि बरामद गरेको छ ।
सशस्त्र प्रहरी नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरबाट खटिएको टोलीले दोधारा चाँदनीबाट अवैध बिडी बरामद गरेको प्रहरीले जनाएको छ ।
भन्सार छलेर भारतबाट नेपाल भित्र्याइए रहेको अवस्थामा बरामद गरिएको बिडीको मूल्य करिब १ लाख ७५ हजार बराबर रहेको सशस्त्र प्रहरी नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीले जनाएको छ ।
आवश्यक कारवाहीको लागि बरामद गरिएको बिडीलाई कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।






