कैलालीबाट अवैध सुनसहित तीनजना पक्राउ
१४ असार, रौतहट । अवैध सुनसहित कैलालीबाट तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ बस्ने १८ वर्षीय विशाल जाग्री, २० वर्षीय महेश साकी र ३० वर्षीय सुरज घताने रहेको प्रहरीले जानकारी दिए ।
गोप्य सूचनाका आधारमा कैलालीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा १ सय २० ग्राम सुनसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । चेक गर्ने क्रममा उनीहरुसंग सुन खरिद गरेको बिल नभएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सुनसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाही र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका घताने सुन व्यवसायीसमेत रहेका हुन् ।






