असोज २० गते सन्दीप लामिछाने स्वदेश फर्किने
१५ असोज, रौतहट । बलात्कार आरोप लागेको नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने आफू असोज २० गते (बिहीबार) नेपाल फर्किने बताएका छन् ।
फेसबुकमा स्ट्याटस लेख्दै आज सन्दीप लामिछानेले आफूविरुद्ध लगाइएको करणी आरोप गलत रहेको र कानुनी सामना गर्न अक्टोबर ६ (२०) गते स्वदेश फर्किने बताएका हुन् ।
न्याय प्रणालीमा पूर्ण विश्वास रहेको उल्लेख गर्दै उनले आफू निर्दोष सावित हुने स्ट्याटसमा दाबी समेत गरेका छन् । आफूविरुद्ध लगाइएका गलत आरोपहरुको पर्दाफास हुने बताएका छन् ।
यस्तै, गत भदौँ २१ गते १७ वर्षीया एक किशोरीले आफू बलात्कृत भएको भन्दैँ सन्दीपविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।






