साँझा विवेकशील पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्दै; रवीन्द्र मिश्र
११ असोज, रौतहट । रवीन्द्र मिश्रले साँझा विवेकशील पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्न भएका छन् ।
रवीन्द्र मिश्र असोज १२ गते (बुधबार) पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्ने भएका छन् । स्रोतका अनुसार राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्र बुधबार राप्रपामा समाहित हुने कार्यक्रम तय भएको जनाएका हुन् ।
रवीन्द्र मिश्र र राप्रपाबीच लामो समययता एकताका लागि छलफल हुँदै आएको थियो । राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा गर्न बुधबार राजधानीमा कार्यक्रम समेत आयोजित गरिएको छ ।






