अध्यक्ष ओलीलाई जनकपुरमा कालो झण्डा देखाउने प्रयास
द नेपाल मिडिया
८ आश्विन २०७९, शनिबार १४:५०
८ असोज, धनुषा । धनुषाको जनकपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने प्रयास भएको छ ।
जसपा र एकीकृत समाजवादीका कार्यकर्ताले अध्यक्ष ओलीलाई जनकपुर विमानस्थलबाट जनकपुर- जयनगर रेल चढ्न जाने क्रममा कालो झण्डा देखाउने प्रयास गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार अध्यक्ष ओलीलाई कालो झण्डा देखाउनेहरुलाई तत्कालै प्रहरीले हिरासतमा लिएको छ ।






