दशैँका लागि आजदेखि नयाँ नोट साट्न पाइने
२९ भदौँ, रौतहट । नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट दिन थालेको छ ।
दशैँका लागि बुधबारदेखि नेपाल राष्ट्र बैँकले नोट साट्न थालेको छ । सरकारी निवास बालुवाटारस्थित राष्ट्र बैँकको कार्यालयबाट भदौँ २९ गते (बुधबार)बाट नयाँ नोट साट्न थालिएको स्रोतले जनाएको छ ।
एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँसम्म साट्न पाउने गरी सर्वसाधारणलाई नोट दिन थालेको छ ।
जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन् । राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तिय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन् ।






