करणीको आरोप लागेका कप्तान सन्दीपको खोजी सुरु
२२ भदौँ, रौतहट । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
नाबालिकलाई बलात्कृत गरेको भन्दैँ सन्दीप विरुद्ध प्रहरीा उजुरी परेसंगै उनको खाजी कार्य सुरु भएको छ । केन्यामा सिरिज खेल्न पुगेका सन्दीप अहिले सिपिएल टि २० खेल्न क्यारेबियन राष्ट्र सेन्ट लुसियामा छन् ।
एक दिनअघिमात्रै सन्दीपले आफ्नो इनस्टाग्राममा जमैका क्याटअलवाजको जर्सीसहित रोन्डी बेस्थित होटल हार्बरको तस्विर राखेका छन् । १७ वर्षीया किशोरीलाई बलात्कृत गरेको भन्दैँ सन्दीप विरुद्ध प्रहरीमा जाहेरी परेको छ ।
स्याङजा घर भई हाल काठमाडौँको बुढानीलकण्ठमा बस्दै आएका लामिछानेले भदैँ ५ गते (आइतबार) किशोरीलाई होटलमा बोलाएर बजरजस्ती करणी गरेको समेत प्रहरीमा परेको उजुरीमा उल्लेख गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले ओरोपीत सन्दीपसँग सम्पर्क गर्ने प्रयास सुरु गरेको प्रहरीले जनाएको छ ।






