सिट बाँडफाँट भोलि टुंगो लाग्छ; प्रचण्ड

   २१ भाद्र २०७९, मंगलवार १०:४७  

२१ भदौँ, रौतहट । आगामी मंसिर ४ गते हुने चुनावका लागि नेपाल कांग्रेसले करिब ८० को वरपर सिट पाउने सम्भावना रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

आज बिहान सुदूरपश्चिम प्रदेशको अगुवा कार्यकर्तालाई प्रशिक्षणमा सहभागी हुन जाने क्रममा कांग्रेसले ८० र माओवादीले ६० को वरपर सिट पाउने सम्भावना रहेको प्रचण्डले बताएका हुन् ।

सिट बाँडफाँट शीर्ष नेताको तहबाट भोलिसम्ममा टुंगो लाग्ने अध्यक्ष प्रचण्डले बताए हुन् ।