सुनचाँदीको मूल्य वृद्धि
द नेपाल मिडिया
२० भाद्र २०७९, सोमबार ११:२९
२० भदौँ, रौतहट । नेपाली बजारमा साताको दोस्रो दिन सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, सोमबार तेजावी सुनको भाउ प्रतितोलामा ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, तोलामा ५ रुपैयाँ बढ्ेर चाँदीको कारोबार प्रतितोलामा १ हजार १ सय १५ रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।






