प्रधानमन्त्री देउवा प्रचण्डबीच बालुवाटारमा छलफल जारी
द नेपाल मिडिया
१९ भाद्र २०७९, आईतवार ११:०४
१९ भदौँ, रौतहट । सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
नेकपा माओवादीका अध्यक्ष आइतबार बिहान ९ बजे बालुवाटार पुगेको स्रोतले जनाएको छ । हाल प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल जारी नै रहेको छ ।
यस्तै, स्रोतका अनुसार आज अपरान्ह ३ बजे सिट बाँडफाँटबारे कार्यदलमा शीर्ष नेताहरूको बैठक बोलाइएको छ । शीर्ष नेताहरुको बैठक बोलाउनु अघि बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल भएको छ ।






