सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ स्थिर

   १० असार २०७८, बिहीबार १३:४६  

१० असार, रौतहट । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज २०० रुपैयाँले घट्दै प्रतितोलामा ९० हजार ५ सय रुपैयाँ तोकिएको हो ।

यस्तै, आज तेजाबी सुनको कारोबार ९० हजार रुपैयाँमा भइरहेको महासंघले जानकारी दिए ।

त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाए । बुधबार तोकिएको मूल्य १ हजार २ सय ९५ रुपैयाँमा नै आज कारोबार भइरहेको छ ।