एसईईको नतिजा नआएपनि केही कलेजहरुले कक्षा ११ को भर्ना लिन थाले
१० असार, रौतहट । राष्ट्रिय परिक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक नभएपनि केही निजी कलेजहरुले कक्षा ११ को भर्ना धमाधम लिन थालेका छन् ।
कोरोना संक्रमणबाट प्रभावित भएकाले गतवर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको परीक्षासमेत नसकिँदै गोल्डेनगेट इन्टरनेसनल कलेजसहित केही कलेजहरु भर्ना लिन थालेका हुन् । गोल्डेनगेटले विज्ञान, व्यवस्थापन र मानविकी विषयमा अनलाइन रजिस्ट्रेसन खुलाएको छ ।
यस्तै, नेसनल स्कुल अफ साइन्स (निष्ट), युनिग्लोब्स कलेज, साउथ वेस्ट्रन स्टेट कलेज, जेभिएर एकेडेमी, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर, काठमाडौं ओल्ड स्कुल, सेन्ट लरिएन्स कलेज, द टाइम्स इन्टरनेसनल कलेजलगायतले रजिस्ट्रेसनका लागि सूचना नै सार्वजनिक गरेका छन् ।






