देउवाले गरे पार्टीमा १० जनालाई केन्द्रीय सदस्य मनोनीत, १० जना अझै बाँकी
३१ साउन, रौतहट । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा थप १० जना सदस्य मनोनीत गरेका छन् ।
स्रोतका अनुसार धना खतिवडा, उर्मिला थपलिया, रूक्मीणी कोइराला, किरण यादव, राधा घले, कल्याणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा, सीता देवकोटालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।
कांग्रेसमा १६८ जना केन्द्रीय सदस्य रहने व्यवस्था रहेको छ । मंगलबार १० जना सदस्य थपेपनि पार्टीमा अझै १० जना सदस्य मनोनीय गर्ने बाँकी नै रहेको स्रोतले जनाएको छ ।
यसअघि १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।






