सुनचाँदीको मूल्यमा वृद्धि

   १५ श्रावण २०७९, आईतवार १२:३५  

१५ साउन, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यमा वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको भाउ तोलामा ९५ हजार ३०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १ हजार २ सय ३० रुपैयाँ तोकिएको छ ।