भन्सार छलेर ल्याएको ३० किललो सुर्तीसहित २ जना पक्राउ

   ८ असार २०७८, मंगलवार ११:२८  

८ असार, रौतहट । भन्सार छलेर ल्याएको ३० किलो सुर्तीसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा ३० किलो सुर्ती ल्याउँदै गरेको अवस्थामा मोरङ विराटनगर महानगरपालिका १ बस्ने १७ वर्षीय हर्समुन्द्र र विराटनगर महानगरपालिका ४ बस्ने १७ वर्षीय आशिष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए ।

राईका अनुसार उनीहरुलाई भारतबाट अवैध रुपमा २ वटा मोटरसाइकल प्रयोग गरेर ३० केजी सुर्ती ल्याइरहेको अवस्थामा हिरासदमा लिएको हो ।

अवैध रुपमा ल्याएको सुर्तीलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको छ, भने पक्राउ परेका दुवै जनालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।