भन्सार छलेर ल्याएको अवैध केराउ बरामद

   ४ असार २०७८, शुक्रबार १५:१६  

४ असार, रौतहट । कञ्चनपुरबाट प्रहरीले अवैध केराउ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बेलौरी नगरपालिका २ स्थित भारतीय सीमा क्षेत्रबाट भन्सार छलेर ल्याएको ६ सय ६० कठ्ठा केराउ बरामद गरेको गरिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ०१–००२ त ४७०९ र से १ त ५४६५ नम्बरको ट्याक्टरमा लोड गरेर ल्याएको अवस्थामा केराउ बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

प्रहरीलाई देखेपछि तस्करहरु फरार भएपछि, बेवारिसे अवस्थामा भेटिएको केराउ करिबको मूल्य करिब २५ लाख ९० हजार रुपैयाँ बराबर रहेको थापाले जनाए ।

बरामद गरिएको केराउलाई आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ।