सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   ४ असार २०७८, शुक्रबार १२:२२  

४ असार, रौतहट । नेपाली बजारमा सुनको मूल्य आज थप १ हजार २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको हो । यसअघि छापावाल सुनको कारोबार तोलामा ९२ हजार रुपैयाँमा भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिए ।

त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घट्दै १ हजार ३ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।